शेयर किन्नुअघि, कम्पनी बुझौँ।
लगानी शिक्षा
यो कम्पनी किन रोज्ने? आफ्नो निर्णयको आधार आफैँ खोज्न सिक्नुहोस्।
कम्पनीको नाफा हेर्दा के बुझ्ने? चार्टमा मूल्य बढेको मात्र हेर्ने कि कारोबार पनि? यस्तै प्रश्नलाई नेपालीमा, हिसाब र उदाहरणसँगै बुझ्नुहोस्। पढेको कुरा अभ्यास गरेर हेर्नुहोस्।
मोबाइल वा कम्प्युटरबाट पढ्दै, अभ्यास गर्दै।
पढाइसँगै अभ्यासका सुविधा
मूल्य र कारोबारलाई सँगै हेर्नुहोस्
क्यान्डल, मूल्यका तह र कारोबार परिमाण हेरेर चार्ट अध्ययन गर्नुहोस्। पढेका ढाँचाहरू चार्टमा कहाँ देखिन्छन्, खोजेर हेर्नुहोस्।
भिडियोबाट पनि बुझ्नुहोस्
पढेको विषय थप स्पष्ट बनाउन भिडियो कक्षा हेर्नुहोस्। आफ्नै गतिमा हेर्न र दोहोर्याउन सक्नुहुन्छ।
टीएमएस सिमुलेटर
वास्तविक कारोबार अघि अर्डर, मार्केट डेप्थ, कोल्याटरल र डीपी होल्डिङ अभ्यास गर्नुहोस्।
बजार र लगानीबारे लेख
बजार अपडेट, लगानी शिक्षा र उपयोगी जानकारी नियमित रूपमा इमेलमा पाउनुहोस्।
आफ्नो लगानीको हिसाब राख्नुहोस्
कुन शेयरमा कति लगानी छ, नाफा–घाटा कति छ र दिनहुँ के फेरियो—एउटै ठाउँमा हेर्नुहोस्।
चार्ट अध्ययनमा AI को सहयोग
AI ले देखाएका संकेतलाई चार्टसँग दाँजेर हेर्नुहोस्। विश्लेषणको आधार बुझ्नुहोस् र त्यसलाई आफ्नो अध्ययनसँग तुलना गर्नुहोस्।
कहाँबाट सुरु गर्ने, के–के पढ्ने?
नयाँ हुनुहुन्छ भने सुरुदेखि पढ्नुहोस्। कारोबार गरिरहनुभएको छ भने आफूलाई बुझ्न बाँकी विषयबाट सुरु गर्न सक्नुहुन्छ।
-
01
भाग १ : नेपालमा शेयर बजारको इतिहास र विकास
पृष्ठ 1 -
02
भाग २: शेयर बजारको आधारभूत परिचय
पृष्ठ 43 -
03
भाग ३: नयाँ लगानीकर्ताका लागि सुरु गर्ने प्रक्रिया
पृष्ठ 48 -
04
भाग ४ : शेयर बजारका सम्पूर्ण महत्वपूर्ण शब्दहरू
पृष्ठ 54 -
05
भाग ५: कम्पनी कसरी पढ्ने?
पृष्ठ 150 -
06
भाग ६: सही शेयर छान्ने र मूल्यांकन गर्ने तरिका
पृष्ठ 166 -
07
भाग ७: बजार मनोविज्ञान र निर्णय क्षमता
पृष्ठ 173 -
08
भाग ८: जोखिम व्यवस्थापन
पृष्ठ 181 -
09
भाग ९: प्राविधिक विश्लेषणको आधार
पृष्ठ 185 -
10
भाग १०: दीर्घकालीन लगानी, छोटो अवधिको कारोबार र ट्रेडिङ
पृष्ठ 190 -
11
भाग ११: ठगी, भ्रम र बजारका जोखिमबाट बच्ने उपाय
पृष्ठ 194 -
12
भाग १२: व्यवहारिक केस स्टडी
पृष्ठ 199 -
13
भाग १३: सचेत लगानीकर्ताका लागि अन्तिम मार्गदर्शन
पृष्ठ 205
लगानी शिक्षा सदस्यता
सदस्यतामा लगानी शिक्षा सहित प्लेटफर्मका सिकाइ र अभ्यास सुविधा उपलब्ध हुन्छन्। यो डाउनलोड हुने PDF होइन; पुस्तक मोबाइल वा कम्प्युटरबाट अनलाइन पढ्न सकिन्छ।
पहुँच
अनलाइन सिकाइ
भाषा
नेपाली
उपकरण
२ वटासम्म
पढ्ने माध्यम
सुरक्षित रिडर
भुक्तानी पुष्टि भएपछि खातामा पहुँच खुल्छ।
सदस्यता अवधिभर आफ्नै खाताबाट अध्ययन र अभ्यास गर्न सकिन्छ।
बारम्बार सोधिने प्रश्न
प्लेटफर्म सदस्यता, भुक्तानी र अध्ययनसम्बन्धी सामान्य प्रश्नहरूको उत्तर।
शेयर बजारबारे खासै थाहा छैन। कहाँबाट सुरु गर्ने?
डिम्याट, मेरो शेयर, आईपीओ र दोस्रो बजारका आधारभूत विषयबाट सुरु गर्नुहोस्। त्यसपछि कम्पनीको विवरण, चार्ट र जोखिमका विषय पढ्न सक्नुहुन्छ। सबै कुरा पहिल्यै जानेको हुनुपर्दैन।
मैले कारोबार गरिरहेको छु। मेरो लागि के उपयोगी हुन्छ?
आफूले शेयर रोज्दा के–के हेर्नुभएको छ, त्यसबाट सुरु गर्नुहोस्। कम्पनीको नाफा, ऋण, मूल्यांकन वा चार्टमध्ये बुझ्न बाँकी विषय पढ्नुहोस्। उदाहरणको हिसाब आफैँ गरेर र चार्ट हेरेर आफ्नो बुझाइ जाँच्न सक्नुहुन्छ।
सदस्यतामा के–के प्रयोग गर्न पाइन्छ?
मुख्य ई-बुकसँगै सदस्यतामा समावेश अध्ययन सामग्री, भिडियो, क्विज, चार्ट, टीएमएस सिमुलेटर र पोर्टफोलियोका सुविधा आफ्नै ड्यासबोर्डबाट खोल्न सक्नुहुन्छ। उपलब्ध सुविधाको सूची यही पेजमा छ।
कम्पनीको वित्तीय विवरण बुझ्न गाह्रो लाग्छ। यसमा कसरी सिकाइन्छ?
आम्दानी, खर्च, नाफा र ऋणको अर्थबाट सुरु गरेर अनुपातका हिसाब हेर्न सक्नुहुन्छ। उदाहरणसँगै पढ्दा कुन अंक कहाँबाट आयो र त्यसले के जनाउँछ भन्ने बुझ्न सजिलो हुन्छ।
चार्ट र टीएमएस पनि चलाएर सिक्न मिल्छ?
मिल्छ। चार्टमा मूल्य र कारोबार हेरेर अध्ययन गर्न सक्नुहुन्छ। टीएमएस सिमुलेटरमा वास्तविक पैसा नलगाई अर्डर राख्ने अभ्यास गर्न सक्नुहुन्छ।
दिनभरि समय दिनुपर्छ?
पर्दैन। फुर्सदमा एउटा विषय पढ्नुहोस्, त्यसको उदाहरण हेर्नुहोस् र अभ्यास गर्नुहोस्। मोबाइल वा कम्प्युटरबाट आफ्नो समयअनुसार अध्ययन गर्न सक्नुहुन्छ।
यसले कुन शेयर किन्ने भनेर बताउँछ?
यसको उद्देश्य कम्पनी र बजार बुझेर निर्णय गर्न सिकाउनु हो। उदाहरण वा चार्टका संकेतलाई खरिद–बिक्रीको पक्का सिफारिस ठान्नु हुँदैन। पढाइले नाफाको ग्यारेन्टी दिँदैन।
सदस्यता लिएपछि सामग्री कहाँ भेटिन्छ?
खरिद गर्दा प्रयोग गरेको खाताबाट लगइन गर्नुहोस्। ड्यासबोर्डमा अध्ययन सामग्री र अभ्यासका सुविधा भेटिन्छन्। ई-बुक अनलाइन रिडरमा पढिन्छ; डाउनलोड गर्ने PDF होइन।
भुक्तानी गरिसकेँ, अब के गर्ने?
अनलाइन भुक्तानी पुष्टि भएपछि खाताबाट अध्ययन सुरु गर्न सक्नुहुन्छ। म्यानुअल भुक्तानीको प्रमाण पठाउनुभएको छ भने प्रमाणीकरण हुनुपर्छ। भुक्तानीको अवस्था आफ्नो अर्डर विवरणमा हेर्नुहोस्।
सदस्यताको विवरण कहाँ हेर्ने?
ड्यासबोर्डको सदस्यता खण्डमा आफ्नो सदस्यताको स्थिति र विवरण हेर्न सक्नुहुन्छ।
खरिदपछि रकम फिर्ता हुन्छ?
डिजिटल सामग्री खरिदपछि रकम फिर्ता गर्ने व्यवस्था छैन। त्यसैले पहिले पढाइने विषय र समावेश सुविधा हेरेर आफ्नो आवश्यकतासँग मिल्छ कि मिल्दैन, छुट्याउनुहोस्।